अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 13:06

कांग्रेस-एमाले समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षडयन्त्र गर्दैछन् : उपेन्द्र यादव

बिआरटीनेपाल २०८१ साउन १९ गते ७:१८ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस(एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणाली खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाउन्भएको छ । शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्न कांग्रेस(एमाले मिलेर सरकार बनाएको आरोप लगाउनुभयो । यादवले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो ।

यादवले संघीयता, समावेशीका कारण नभई दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राख्नुभएको छ । उहाँले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थिरता खोज्न नहुने औंल्याउनुभयो । यादवले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोपसमेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू