अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 12:50

दोलखा भीमसेनमा पूर्वराजाका तर्फबाट क्षमापूजा

बिआरटीनेपाल २०८१ साउन १९ गते ५:३१ मा प्रकाशित

दोलखाको भीमेश्वर मन्दिरको शिलामा केही दिनअघि पसिना आएपछि आज क्षमा पूजा गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट उहाँका प्रतिनिधिले मन्दिरमा क्षमा पूजा गरेका हुन्। दोलखा भीमसेनको शिलामा आएको पसिनालाई शुद्ध कपासले पुछ्‌ने चलन रहेको छ। पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ।

यसपटक पसिना पुछेको कपास राष्ट्र प्रमुखका हैसियतमा पूर्वराजा शाहलाई पठाइएको थियो। भीमसेनलाई पसिना आएको खबर पाएपछि पूर्वराजा शाहले आफ्ना प्रतिनिधिलाई क्षमा पूजाका लागि पठाउनुभएको थियो । राजतन्त्रका बेला राजपरिवारबाट क्षमापूजा गर्ने चलन रहेको थियो। त्यसपछि सन् २०२० मा भने तत्कालीन राष्ट्रपति विद्या भण्डारीका तर्फबाट क्षमा पूजा गरिएको थियो।

यसपटक भीमसेनको पसिना पुछेको कपास कसलाई पठाउने भन्नेबारे विवादसमेत भएको थियो। अन्तिममा पूर्वराजालाई पठाइएको थियो। राजनीतिले राष्ट्रपतिलाई राष्ट्र प्रमुख माने पनि शास्त्रले राजालाई नै राष्ट्र प्रमुख मान्ने भन्दै पूर्वराजा शाहलाई मन्दिरमा क्षमा पूजाका लागि खबर पठाइएको बताइएको छ। दोलखा भीमसेनलाई पसिना आए मुलुकमा अनिष्ट हुने विश्वास गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू