अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

‘किताब जात्रा’ को छैटौँ संस्करण शुरु

बिआरटीनेपाल २०८१ साउन १८ गते ७:३३ मा प्रकाशित

किताब जात्रा’ को छैटौं संस्करण शुरु भएको छ । काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा शुरु भएको किताव जात्रा शनिवारसम्म चल्नेछ । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताव जात्राको यस वर्ष छैटौँ संस्करण हो । जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कला लगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामुलक सिर्जनात्मक गतिविधि हुने आयोजकले जनाएको छ ।

जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर सङ्गीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने छ । लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने निर्देशक ऋषिराम अधिकारीले जानकारी दिनुभयो ।

पठन संस्कृतिलाई जनजीवनको अभिन्न अङ्ग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहेको छ । किताब जात्रामा एक लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाहीका शिक्षासेवी स्वर्गीय प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू