अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

बिआरटीनेपाल २०८१ साउन १८ गते ७:०८ मा प्रकाशित

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएलगत्तै कर्मचारीलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर गेरार्डो मिलेईले भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको चिनियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले ब्राजिलसँगको कूटनीतिक सम्बन्धको प्रशंसासमेत गर्नुभएको छ ।

अर्जेन्टिना सात ल्याटिन अमेरिकी देशमध्ये एक हो जसका कूटनीतिक कर्मचारीलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन देशका सरकारले भेनेजुयलामा भएको राष्ट्रपतीय चुनाव परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाका ६ जना विपक्षी व्यक्तिहरु अहिले अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् ।

मदुरो राष्ट्रपतिमा निर्वााचित भएपछि ब्राजिल र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घलगायत धेरै देशले भेनेजुएला राजनीतिक सङ्कटमा फसेको बताएका छन् । यसअघि ह्वाइट हाउसले चुनावको नतिजाको विरोधमा भेनेजुयलामा विरोध प्रदर्शन चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायको धैर्य समाप्त हुँदै गएको चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू