अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५८ | Colorodo: 15:13

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

बिआरटीनेपाल २०८१ साउन १८ गते ६:५८ मा प्रकाशित

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उत्पत्यकामा कतै–कतै अहिले मध्यम वर्षा भएको छ । त्यस्तै आज राति बाग्मतीसहित कोशी र गण्डकीका थोरै तथा कर्णालीका एक/दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँकाअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले जमिन भिजेको अवस्था हुनाले मध्यमखालको पानी पर्दा पनि पहिरोको जोखिम हुनसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू