अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 10:57

पेरिस ओलम्पिकमा चीनले स्वर्ण पदकको सङ्ख्या ११ पुर्‍यायाे

बिआरटीनेपाल २०८१ साउन १७ गते ६:३९ मा प्रकाशित

पेरिस ओलम्पिकको पदक तालिकामा ११ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा यथावत् रहेको छ । पछिल्लो विवरणअनुसार चीनले ११ स्वर्ण, सात रजत र तीन कास्य गरी २१ वटा पदक जितेको छ ।यस्तै फ्रान्स पदक तालिकाको दोस्रो स्थानमा आइपुगेको छ । फ्रान्सले आठ स्वर्ण, १० रजत र आठ कास्य गरी २६ वटा पदक जितेको छ । यस्तै आठ स्वर्ण, तीन रजत र चार कास्य गरी १५ पदकसहित जापान तेस्रो स्थानमा छ ।

पदक तालिकमा अहिलेसम्म अस्ट्रेलियाले सात तथा अमेरिका, बेलायत र दक्षिण कोरियाले समान ६ वटा स्वर्ण पदक जितेका छन् । यस्तै इटालीले तीन तथा क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, रोमानिया र हङकङले समान दुई वटा स्वर्ण जितेका छन् ।

यसैगरी स्विडेन, जर्जिया, बेल्जियम, आयरल्यान्ड, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोएशिया, ग्वाटेमाला, अर्जेन्टिना, अजरबैजान, इक्वेडर, स्लोभेनिया, सर्बिया र उज्वेकिस्तानले समान एक वटा स्वर्ण जितेका छन् । यही जुलाई २६ देखि शुरु भएको प्रतियोगिता आउँदो अगस्ट ११ सम्म चल्नेछ ।

प्रतिक्रिया