अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८
| Colorodo: 11:43
‘भिडियो शेयरिङ’ एप टिकटकको मातृ कम्पनी बाइटडान्सको सिङ्गापुरमा रहेको मुख्यालयमा खाद्य विषाक्तता अर्थात् ‘फुड प्वाइजनिङ’ का कारण ५० जनाभन्दा धेरै कर्मचारी बिरामी भएका छन् । ६० जना कर्मचारीलाई पेटसँग जोडिएको समस्या भएको पाइएकोमा ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । स्वास्थ्य एवम् खाद्य सुरक्षा अधिकारीहरूले यस विषयमा जाँच गरिरहेका छन् । बाइटडान्सको कार्यालयमा कुनै पनि प्रकारको खाना बन्दैन र आफ्नो खाद्य आपूर्तिका लागि तेस्रो पक्षमा निर्भर रहने गरेको छ ।
बाइटडान्सका प्रवक्ताले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र खाद्य सुरक्षालाई गम्भीरताका साथ लिएको र प्रभावित कर्मचारीहरूलाई सहयोग गर्न तत्काल कदम चालेको बताउनुभएको खबरमा उल्लेख छ ।