अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२०
| Colorodo: 00:35
सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। सोमबार साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
गरिब परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ को दफा १५ को उपदफा २ बमोजिम १५ जिल्ला ओखलढुङ्गा, कन्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका २ लाख ७१ हजार ६४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।