अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 07:02

‘राइड शेयरिङ’ लाई वैधानिकता दिन लागेको विरोधमा पोखरामा सार्वजनिक गाडी चलेनन्

बिआरटीनेपाल २०८१ साउन १३ गते ६:०५ मा प्रकाशित

पोखरामा आज बिहानदेखि सार्वजनिक गाडी चलेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रुवाहक गाडी बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि सार्वजनिक गाडी ठप्प गराएका हुन् ।

यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सात बुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक गाडी बन्द गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारले निजी गाडीमा यात्रु बोक्न दिनेगरी राइड शेयरिङलाई वैधानिकता दिन लागेको व्यवसायीको भनाइ छ ।

यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले रातो नम्बर प्लेटका दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडीलाई यात्रु बोक्न दिनेगरी कार्यविधि बनाएको छ । काठमाण्डौ उपत्यकामा पठाओ, टुटल, इनड्राइभ लगायतका राइड शेयरिङको सुविधाका कारण यात्रु, निजी गाडी धनी र सरकार सबैलाई सहज र कमाइ भइरहेको बेला पोखरामा भने व्यवसायीले यसको विरोध गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू