अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

कोशी सरकारबाट माओवादी बाहिरियो

बिआरटीनेपाल २०८१ साउन ११ गते ६:२६ मा प्रकाशित

कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्दै नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन्। शुक्रबार विराटनगरस्थित प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बोले सरकारमा रहेका तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएको बताउनुभयो। सरकारलाई दिएको समर्थन भने कायम रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगरले राजीनामा बुझाउनुभएको हो । राजीनामा दिएपछि पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले मुख्यमन्त्री कार्कीले तत्काल राजीनामा नदिनु भनेको हुँदा समय कुरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पछिल्लो केहीदिनयता मुख्यमन्त्री कार्कीले नै मार्गप्रशस्त गर्न भनेपछि हामी पछि हटेका हौँ। उहाँले सहमतीय सरकार बनाउन जोड दिँदै आउनुभएको थियो, त्यो हुन नसकेपछि राजीनामा दिएका हौँ।’

माओवादीका पूर्वमन्त्री तथा प्रदेश सांसद दुर्गा चापागाईंले प्रदेशमा तत्काल पार्टी प्रमुख प्रतिपक्षी दलका रुपमा रहने जानकारी दिनुभयो। अहिलेको नयाँ गठबन्धनसमेत धेरै लामो नजाने अनुमान गरेका चापागाईंले शुक्रबारबाट मन्त्रीहरुले राजीनामा दिएपछि माओवादीले अब सदन र सरकारको प्रतिपक्षी दलका भूमिका निर्वाह गर्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू