अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१०
| Colorodo: 12:25
सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। अघिल्लो मुख्यसचिव बैठकुण्ठ अर्याल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि सरकारले गड्तौलालाई असार ३१ गते कायम मुकायमको जिम्मेवारी दिएको थियो।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बनमा परेपछि पनि अर्याललाई विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेर गड्तौलालाई कामुको जिम्मेवारी दिएको थियो। उहाँ पहिलो महिला मुख्यसचिव बन्न सफल हुनुभएको छ । २०७७ कात्तिकमा सचिव भएकी गड्तौलाई पाँच वर्षे कार्यकाल पूरा गरेर भदौ १४ गते अवकास पाउँदै हुनुहुन्छ । मुख्यसचिवमा नियुक्त भएसँगै उहाँको कार्यकाल थप तीन वर्ष थपिएको छ।