अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 16:26

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:४१ मा प्रकाशित

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

उहाँको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताएका छन् । अस्पतालका अनुसार शाक्य हाल बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । उहाँको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू