अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 15:52

हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारसँग देउवाको माग

बिआरटीनेपाल २०८१ साउन ९ गते ५:३८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षा प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि बुधबार बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ( एन-एएमई/ सिआरजे २०० कलसाइनको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक जना विदेशी नागरिकको मृत्यु भएको थियो। क्याप्टेन मनीष शाक्यको भने उपचार भइरहेको छ।

सभापति देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले आफू मर्माहत भएको बताउनुभयो । उहाँले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । ‘जहाजहरूको परिक्षण, अनुगमन र सुरक्षा कडाइका साथ लागु गराउन सरकारसँग अनुरोध गर्दछु,’ देउवाले भन्नुभएको छ, ‘दुर्घटनामा निधन भएकाहरुप्रति हार्दिक श्रदाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू