अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 14:57

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ साउन ८ गते ६:०२ मा प्रकाशित

गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणमा परि कम्तिमा ७० जनाको ज्यान गएको हो ।

इजरायलले प्यालेस्टाइनी विद्रोहीलाई लक्षित गरी कारबाही अघि बढाउने भन्दै गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजो बिहान खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको बताएको थियो । यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू