अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१०
| Colorodo: 16:25
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
आचार्यलाई संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै एमालेले उपनेतालाई मुख्यमन्त्री अघि सारेको थियो । आचार्यले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बन्नुभएका जोखबहादुर महराले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।