अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन

बिआरटीनेपाल २०८१ साउन ६ गते ८:४६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो। लिङ्देनले कम्युष्टि पार्टी एक्लैले करिब दुई तिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताउनुभयो।

कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको उहाँको भनाइ थियो। लिङ्देनले संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया