अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

बिआरटीनेपाल २०८१ साउन ६ गते ८:४१ मा प्रकाशित

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालय, बुटवलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा साउन ७ गते सोमबार बेलुका साढे ८ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ। केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर अब नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया