अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 18:49

बंगलादेशका विद्यार्थीको समर्थनमा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०८१ साउन ५ गते ६:२२ मा प्रकाशित

नेकपा ९एकीकृत समाजवादी०निकट अनेरास्ववियुले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ । ऐक्यबद्धतास्वरूप काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । बंगलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियुमा आबद्ध विद्यार्थीले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरूले ‘विद्यार्थी हत्या बन्द गर’, ‘बंगलादेशका विद्यार्थीलाई समर्थन’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

अनेरास्ववियुकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीमाथि जारी दमन र हत्याको विरोध गरिएको बताउनुभयो । त्यहाँ आन्दोलनरत विद्यार्थी संगठनको मागप्रति आफूहरूको समर्थन रहेको उहाँले उल्लेख गर्नुभयो। लामाले बंगलादेशका विद्यार्थीको समर्थनमा विश्वका विद्यार्थी संगठनहरू गोलबन्द हुन जरुरी रहेकामा जोड दिनुभयो । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाको आन्दोलन जारी छ । आन्दोलनका क्रममा भएको हिंसामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू