अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 00:51

योजनाहरु शिलान्यास मात्रै गरेर छोड्नु हुँदैन : सभापति देउवा

बिआरटीनेपाल २०८१ साउन २ गते ७:१८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ ।बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।सभापति देउवाले शिलान्यस गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताउनुभयो । उहाँले स्व।मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनुभयो ।

उहाँले मङ्गलादेवी आफैँमा एउटा संस्था भएको जिकिर गर्नुभयो । उहाँले मङ्गलादेवीको नाममा बन्न लागेको भवनको निर्माण छिट्टै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने बताउनुभयो । सभापति देउवाले मङ्गलादेवीको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मगलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू