अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३
| Colorodo: 01:08
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रवेशद्वारमा गएको असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।
कृषि मन्त्रालय मातहतका तीन सय जनाभन्दा धेरै प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । कर्मचारीहरूले मन्त्रीलाई १५ दिनको समय दिएको र त्यसभित्र समस्या समाधानको प्रयास नभएमा पुनः आन्दोलन गर्ने बताएका छन् ।