अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 00:59

१६ महिनामै फुट्यो वैद्यको पार्टी, धर्मेन्द्रसँग समूहद्वारा एकता असफल भएको घोषणा

बिआरटीनेपाल २०८१ साउन १ गते ६:३३ मा प्रकाशित

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १६ महिनामै फुटेको छ । २०७९ चैतमा दुई पार्टीबिच एकता भएकोमा मंगलबार भने विभाजन भएका हुन् । मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गर्नुभएको छ । उहाँले विज्ञप्ति मार्फत पार्टी विभाजन भएको संकेत गर्नुभएको छ ।

उहाँले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौँ प्रयत्न गरेपनि एकता सफल हुन नसकेको बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, ’एकता आज सफल नभए भोलि सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’

कञ्चनले एकताको आरम्भमा पैदा भएको उत्साह र ऊर्जा जोगाउन नसक्नुमा आफ्नो तर्फबाट पनि कमीहरू भएको भन्दै त्यसप्रति आत्मालोचना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू