अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 16:25

इमरान खानको पार्टीमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०८१ साउन १ गते ५:५६ मा प्रकाशित

पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इन्साफ पीटीआईमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।सो पार्टीका अध्यक्ष इमरान खानलगायत अन्य सदस्यहरु विरुद्ध कारवाही गर्न मागसहित पार्टीमाथि प्रतिबन्ध लगाउन पाकिस्तान सरकार सर्वोच्च अदालत पुगेको हो ।पाकिस्तान सरकारमा संलग्न दलहरूले पाकिस्तान तहरीक–ए–इन्साफको आरक्षित सिटहरूका सम्बन्धमा सर्वोच्च अदालतको निर्णयको विरुद्धमा पुनः पुनरावेदन दायर गर्ने बताइएको छ ।

पीटीआईमाथि तालिबानलाई पाकिस्तानको क्षेत्रमा ल्याएको र देशविरुद्ध षड्यन्त्र रचेको आरोप लागेको छ । पीटीआईलाइ दिइएको विदेशी अनुदानमा भारतीय र इजरायली कोष समेत समावेश भएकोमा दुरुपयोग गरेको भन्दै यो पार्टी गैरकानुनी भएको सरकारको ठहर छ । देश विद्रोही कार्यमा संलग्न सबैलाई कानुनी कारवाही गरिने र राहदानी जफत लगायत कडा कारवाही गरिने पनि बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू