अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७
| Colorodo: 06:42
नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफूले पाएको जिममेवारी इतिहासै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताउनुभयो । राणाले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको बताउनुभयो। उहाँले देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
राणाले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि बताउनुभयो ।