अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

सत्ता परिवर्तनले प्रतिनिधिसभाको बैठक प्रभावित, सोमबार ४ बजेका लागि सारियो

बिआरटीनेपाल २०८१ असार ३१ गते ८:०४ मा प्रकाशित

प्रतिनिधिसभा बैठकको समय पुनस् परिवर्तन गरिएको छ। सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय दिउँसो ४ बजेका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पदमुक्त भएर सत्ता परिवर्तनका भएसँगै प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो।

‘२०८१ असार ३१ गते सोमवार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया