अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 03:04

आइतबार बिहान ओली प्रधानमन्त्री नियुक्त हुँदै , शपथ दिउँसो

बिआरटीनेपाल २०८१ असार ३० गते ६:१० मा प्रकाशित

राष्ट्रपति कार्यालय शीतल निवासले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्न तयारी थालेको छ। नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी थालेको शीतल निवास स्रोतले जनाएको छ । ‘रीतपूर्वक प्रधानमन्त्रीमा दाबी आएको छ। यसैले बिहानै प्रधानमन्त्री पदमा नियुक्त गर्ने तयारी छ,’ राष्ट्रपतिको सचिवालय स्रोतले भनेको छ , ‘दिउँसो नै शपथ ग्रहण पनि गर्ने तयारी भइरहेको छ।’

शुक्रबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भएपछि राष्ट्रपति पौडेलले साँझ नै आइतबारसम्मको समयावधि दिएर नेपालको संविधानको धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको सहयोग प्राप्त सरकारका लागि आह्वान गर्नुभएको थियो । सोहीअनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगै शीतल निवास पुगेर राति नै प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । तर राष्ट्रपतिले नियुक्ति दिन आइतबारसम्मको समय लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू