अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२
| Colorodo: 16:07
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज ‘ह्विप’ जारी गर्नुभएको हो । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा सांसदलाई अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरिएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।
नेपाली कांग्रेसले यसअघि नै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।