अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 15:38

सेयर बजार घट्यो, चार अर्ब ५६ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८१ असार २५ गते ७:४५ मा प्रकाशित

आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर दुई हजार एक सय ३६ दशमलव ३५ अङ्कमा झरेको छ । यस्तै हिजो छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । आज ९५ कम्पनीको मूल्य बढ्दा एक सय ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू