अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

एमालेले बोलायो संसदीय दलको बैठक

बिआरटीनेपाल २०८१ असार २३ गते ६:०१ मा प्रकाशित

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो । प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर उहाँले विश्वासको मत पाउने देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू