अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

तनहुँको शुक्लागण्डकीमा पहिरोले दुई घर पुरिए, तीन जना बेपत्ता

बिआरटीनेपाल २०८१ असार २३ गते ५:५२ मा प्रकाशित

तनहुँको शुक्लागण्डकीमा पहिरोले घर पुर्दा तीन जना बेपता भएका छन्। शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार झरेको पहिरोले दुई घर पुरेको हो। सुना नेपाली र हिरा नेपालीलो घर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो। पहिरोमा परेर एक जना घरधनीसँगै उद्धामा पुगेका स्थानीय दुई जनासमेत बेपत्ता भएका छन्। अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानियले बेपत्ताको खोजी गरिरहेका छन्।

बाढीले तनहुँको भीमाद नगरपालिक–६ मालेबगरका ६ घर डुबानमा परेको छ। यस्तै, म्याग्दे गाउँपालिका–४ र ७ को घुम्तीबजार पनि डुबानमा परेको छ। शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने फेदीखोलाको अस्थायी कल्भर्ट बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू