अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

सहकारी ठगी गर्नेलाई दलले संरक्षण गर्छन्, राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ: उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८१ असार २३ गते ५:४६ मा प्रकाशित

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नगरेसम्म देश नबन्ने बताउनुभएकाृ छ । १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतिक दलले संरक्षण गरेको स्वीकार्नुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा किन समस्या आयो रु अनुगमन भएन । सहकारी सञ्चालकहरु राजनीतिक दलमा छन् । उनीहरुलाई जोगाउन नेताहरु लाग्ने भइहाल्यो । प्रहरी पनि त्यहीअनुसार मिलाइहाल्छन् । अनुसन्धान गर्न प्रहरी पठायो, जसले अनुसन्धान गर्न खोज्यो, त्यसलाई फाल्दिहान्छन् । त्यसैले यहाँ राम्रो काम गर्नेलाई टिक्न गाह्रो छ नि?’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू