अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज : देव गुरुङ

बिआरटीनेपाल २०८१ असार २३ गते ५:१० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताउनुभएको छ ।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताउनुभएको हो ।

महासचिव गुरुङले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताउनुभयो । उहाँले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महासचिव गुरुङले वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताउनुभयो । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनुभयो । महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रुपले रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू