अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 22:11

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर जागिर खाएको आरोपमा प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

बिआरटीनेपाल २०८१ असार २१ गते ६:०३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकबहादुर विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उहाँमाथि बिहीवार विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरेको हो । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत (तत्कालीन) प्रहरी निरीक्षक विष्टले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर प्रहरीको जागिर खाएको आरोप–पत्रमा उल्लेख छ ।

‘विष्टले उत्तर प्रदेशको बोर्ड अफ हाईस्कूल एन्ड इन्टरमिडिएट एजुकेशनबाट जारी भएको हाईस्कूल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरीको जागिर खाएको पाइएको छ,’ आरोपपत्रमा भनिएको छ । उहाँले नक्कली प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा २०५५ कात्तिक १ गते नियुक्ति लिएको आरोप-पत्रमा उल्लेख छ ।

विष्टले त्यसपछि विभिन्न पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले उहाँ विरुद्ध भ्रष्टाचारको आरोप–पत्र दायर गर्नुपरेको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू