अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 01:18

धनुषामा सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

बिआरटीनेपाल २०८१ असार २१ गते ५:४७ मा प्रकाशित

धनुषाको धनौजी गाउँपालिकाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । धनौजी गाउँपालिका ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर एकसाथ तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन आवाले घरमा कसैलाई जानकारी नदिइ तीनै बालिका एकसाथ पोखरीमा नुहाउन गएका थिए। पौडी खेल्न नसक्दा उनीहरु डुबेर बेपत्ता भएको र खोज्दा मृत भेटिएको उहाँले बताउनुभयो । मृतक तीनै बालिकाको शव प्रहरीले कानूनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय