अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

बेलायतमा आज मतदान हुँदै

बिआरटीनेपाल २०८१ असार २१ गते ५:४४ मा प्रकाशित

बेलायतमा आज आम चुनाव  हुँदैछ । आज हुने चुनावमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । चुनावअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको थियो । चुनावमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान हुने बीबीसीले जनाएको छ ।

मतदानमा बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायतबाट पनि सहभागी हुँदैछन् । यो मतदान कुल ६  सय ५० संसदीय सीटको लागि हुनेछ । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

प्रधानमन्त्री सुनकले गएको मे २२ मा जुलाई ४ लाई आम चुनाव हुने घोषणा गर्नुभएको थियो । त्यसको आठ दिनपछि मे ३० मा संसद् विघटन गरिएको थियो । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टीले नेतृत्व गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू