अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 01:33

राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएन : मन्त्री जोशी

बिआरटीनेपाल २०८१ असार २१ गते ४:३९ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताउनुभएको छ ।कांग्रेस–एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै मन्त्री जोशीले सो प्रतिक्रिया दिनुभएको हो ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताउनुभयो । उहाँले आफूले निजामती सेवा ऐनसम्बन्धि विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताउनुभयो । मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताउनुभयो ।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवसथा हुन नसकेको पनि स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय