अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८
| Colorodo: 23:03
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । नेकपा एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
“कांग्रेस र एमालेको बीचमा मात्रै भएको समझदारी छ । ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको छ,” उहाँले भन्नुभयो, “सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । त्यसका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।”