अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 04:35

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आजपनि हेर्दाहेर्दैमा

बिआरटीनेपाल २०८१ असार १९ गते ७:१९ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा मंगलवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उहाँको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय