अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 04:35

यथास्थितिमा देश अगाडि जान सक्दैन : अध्यक्ष ओली

बिआरटीनेपाल २०८१ असार १७ गते ७:३७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आइतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्नुभयो ।अध्यक्ष ओलीले उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताउनुभयो । उहाँले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौति रहेको बताउनुभयो । गरिबीसँगै बेरोजगारी बढ्दै जाने बताउनुभयो । उहाँले देश बनाउनु जस्तो ठूलो पुण्य कार्य अरु हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो । उद्यमशीलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योगहरु र त्यो बिस्तारै गएर ठूला उद्योगहरुमा परिणत हुनसक्छ । कृषि आधारित उद्योगहरुले निर्यातमुलक उद्योगहरुको रुप लिनसक्छ ।’ अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरुमा नअल्झिन परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय