अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 04:21

खाली कुर्सी राखेर सानेपामा नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०८१ असार १७ गते ७:२६ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले प्रदर्शन गरेको छ। दुजाङ शेर्पा नेतृत्वमा रहेको नेविसंघ केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको भन्दै नेविसंघको एक समूहले खाली कुर्सी राखेर आइतबार दिउँसो प्रदर्शन गरेका हुन्। नेविसंघ नेता भुवन भट्टले नेविसंघको १२ औं महाधिवेशन सुनिश्चितता माग गर्दै प्रदर्शन गरिएको बताउनुभयो । ‘नेविसंघको अहिलेको कार्यसमितिको म्याद सकिइसकेको छ, त्यसैले खाली कुर्सी राखेर प्रदर्शन गर्दै महाधिवेशन सुनिश्चितता मागेका हौं,’ उहाँले भन्नुभयो ।

उनीहरूले नेविसंघ अध्यक्षको खाली कुर्सी राखेर प्रदर्शन गरेका थिए। नेविसंघ तदर्थ समितिको म्याद कांग्रेसले पटक(पटक थप गर्दै आएको छ। पछिल्लो पटक थप गरेको म्याद असार १५ मा सकिएको उनीहरूले बताएका छन्। नेविसंघ तदर्थ समितिको म्याद अब थप्न नहुने र महाधिवेशन सुनिश्चित गरिनुपर्ने भट्ट बताउनुहुन्छ । ‘नेविसंघको १२ औं महाधिवेशन हुन १२ वर्ष नै लाग्ने हो?’ कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उहाँले भन्न्ुभयो, ‘महाधिवेशन कहिले गर्ने हो?’

गत पुसमा कांग्रेसले ६ महिनाभित्र महाधिवेशन गर्न नेविसंघलगायत भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर पार्टीले दिएको समयमा नेविसंघले महाधिवेशन गर्न सकेन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय