अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 07:07

नेपाल पेचिलो परिस्थितिमा छः विप्लव

बिआरटीनेपाल २०८१ असार १७ गते ६:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताउनुभयो। उहाँले नेपाल सुन्दर र श्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए। विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको ठहर गर्नुभयो ।

विप्लवले नेपालमा रहेको श्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए। नेपालका श्रमिक जनताका चाहनाहरु अधुरै रहेको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ। नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरु सबैलाई थाहा छ। हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै श्रोत सधानले सम्पन्न पनि छ। सुन्दरता र श्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो। सुन्दरतामा सबैको आँखा पर्छ। आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय