अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 07:29

कम्युनिस्टहरूबिच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

बिआरटीनेपाल २०८१ असार १६ गते ७:४८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टहरूबिच पुनः एकता हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो । जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने उहाँको भनाई थियो ।

गौतमले भन्नुभयो, ‘कमसेकम कम्युनिस्ट पार्टीले हामी एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्‍यो । हामी एकता गर्छौँ । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरूको बिचमा एकता हुनैपर्छ । त्यही कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर । राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो । मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिईकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिस्टहरू बिचको एकता हुनैपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय