अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 10:00

हामी तत्काल पार्टी एकता गर्नेतिर छैनौं: प्रचण्ड

बिआरटीनेपाल २०८१ असार १५ गते ८:२७ मा प्रकाशित

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र पार्टी एकता तथा वाम एकतातिर नलागेको स्पष्ट पार्नुभएको छ । ‘हामी तत्काल हतारमा पार्टी र वाम एकता गर्नेतिर छैनौं’, उहाँले भन्नुभयो, ‘अहिले राजनीतिक स्थिरता, लोकतन्त्रो सुदृढीकरणको लागि सतर्कताको साथ अगाडि बढिरहेका छौं’। यस्तै उहाँले किसानहरूले भुक्तानी पाइरहेको बताउनुभयो । शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्रीले चितवनका दुध किसानले भुक्तानी नपाएको र केराको बीमा पनि अघिल्लो वर्षदेखि नै बाँकी रहेको भन्ने प्रश्नमा जबाफ दिँदै उक्त कुरा बताउनुभएको हो ।

‘दूध किसानको भुक्तानी प्रक्रिया अगाडि बढिरहेको छ’, प्रचण्डले भन्नुभयो, ‘केराको बीमाबारे मन्त्रालयसँग छलफलको क्रम चलिरहेको छ, त्यो क्रम अगाडि बढ्छ’। प्रधानमन्त्री प्रचण्डले मलको अभाव हुन नदिइने र अघिल्लो वर्ष पनि नभएको स्मरण गर्नुभएको छ । यस्तै, संसदमा प्रधानमन्त्रीले मन्त्रीहरूको कामप्रति असन्तुष्ट व्यक्त गरेको प्रसंगमा मन्त्रालयहरूका आआफ्ना जटिलता भएको उहाँको भनाइ छ। ‘मन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन नमानेको भन्ने होइन तर जति गति दिनुपर्ने थियो त्यो दिइएको छैन’, उहाँले भन्नुभयो, ‘जनताले अनुभूत गर्नुपर्ने गरी काम हुनुपर्यो’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय