नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताउनुभएको हो । उहाँले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताउनुभयो ।
अध्यक्ष नेपालले आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताउनुभयो । उहाँले एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किइरहेको अवस्थामा हुने उल्लेख गर्नुभयो । उहाँले आफूहरूले आत्मसमर्पण नगरेको पनि बताउनुभयो ।
अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको उल्लेख गर्दै संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताउनुभयो। आगामी दिनमा पार्टीको सिट सङ्ख्या बढ्ने नेपालको भनाई छ ।