अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 09:50

महामन्त्री ढकालमाथि कारबाही हुँदैन : सांसद झा

बिआरटीनेपाल २०८१ असार १४ गते ७:०५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने सांसद मनिष झाले दाबी गर्नुभएको छ । बुधबार पार्टीको वस्तुस्थितिबारे बुझ्न गरिएको ‘समीक्षा यात्रा’को प्रतिवेदनमा बुझाएपछि रास्वपाका महामन्त्री ढकालमाथि कारबाही अघि बढाउने तयारी भएको समाचार सार्वजनिक भएको थियो ।   आफूमाथि कारबाही हुन सक्ने ढकाल आफैँले बताइरहँदा पार्टीको एउटा समूह उहाँलाई जिम्मेवारीबाट हटाउन लागि परेका छन्।

सांसद झाले पार्टीमा बहस स्वभाविक भए हुने बताउँदै कारबाही नहुने उल्लेख गर्नुभएको छ । झाले भन्नुभएको छ, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सह प्रवक्ता र पदाधिकारी हु। दलभित्र पुनरावलोकन, पुनर्विचार र पुनर्निर्माणको बहस लोकतान्त्रिक अभ्यास हो। यसलाई सहज र स्वाभाविक राजनीतिक प्रक्रियाको रूपमा लिएको छौ। यस वारे अनधिकृत, अतिरञ्जित सूचनाले टिआरपी त देला तर यो गलत पत्रकारिताको अभ्यास हो।’

प्रतिवेदनमा महामन्त्री ढकालले पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुईरतीन सिटमा खुम्चिने उल्लेख गर्नुभएको छ । सभापति लामिछानेको कार्यशैली र उहाँमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय