अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 10:12

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

बिआरटीनेपाल २०८१ असार १४ गते ६:४८ मा प्रकाशित

सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् । देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताउनुभएको छ । ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छ । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’

संसद् बैठक चलिरहँदा देवकोटा भने फर्किनुभयो। सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै उहाँको संसद् पद कायम भएको छ । संसद् सचिवालयका कर्मचारीका अनुसार अन्तरिम आदेशको पत्र संसद् सचिवालयमा आइसकेको छ । ‘अदालतको पत्र आइसकेको छ । सभामुखको अधिकार हो । केही बोल्न मिलेन,’ एक कर्मचारीले भनेका छन्, ‘अन्तरिम आदेश आएपछि रोक्न मिल्दैनथ्यो । सभामुखले हाजिर नगराउनुस् भन्ने आदेश दिनुभयो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय