अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

यस वर्ष धान दिवस चितवनमा मनाइने, देशभर ९.८ प्रतिशत रोपाइँ

बिआरटीनेपाल २०८१ असार १४ गते ६:१५ मा प्रकाशित

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो । विगत वर्षदेखि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष सन्देश प्रवाह, धान बालीको ठुलो ब्लकको, मेसिनरी प्रयोग भएकोले चितवनमा मनाइने निर्णय गरिएको कृषि विभागका महानिर्देशक डा नरहरि प्रसाद घिमिरेले बताए ।

नेपालमा हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको विभागको तथ्याङ्क छ । गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै भएको थियो । केन्द्र सरकारले विगत वर्ष बागमती प्रदेशमा मात्रै धान दिवस मनाउँदै आएको छ । आगामी वर्षमा अरू प्रदेशमा पनि यो दिवस मनाउने विभागको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय