अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:००
| Colorodo: 10:15
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बिआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गर्नुभएको हो ।
अध्यक्ष केसीले नेपालमा बिआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताउनुभयो । अमेरिकाले चिन बिरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उहाँको भनाई छ । उहाँले बिआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताउनुभयो ।
अध्यक्ष केसीले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिनुभयो ।