अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 10:01

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८१ असार १४ गते ५:३५ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।सञ्चारमन्त्री शर्माले राजनीति देशको मुल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताउनुभयो । उहाँले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुनपर्नेमा जोड दिनुभयो । उहाँले अहिले समाज भ्रष्टीकरणमा गइरहेको बताउनु भयो । उहाँले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताउनुभयो । सञ्चारमन्त्री शर्माले सरकारले साहित्यिक पत्रकारितालाई पनि केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनुभयो । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले साहित्यलाई पनि सूचना र प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय