अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 12:35

यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ : गगन थापा

बिआरटीनेपाल २०८१ असार १२ गते ५:३४ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो

महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गर्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय