अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 11:56

काठमाण्डाै महानगरले ल्यायाे २५ अर्ब ७० कराेड रुपैयाँकाे बजेट, सबैभन्दा धेरै पूर्वाधार विकासमा

बिआरटीनेपाल २०८१ असार ११ गते ६:४९ मा प्रकाशित

काठमाण्डाै महानगरपालिकाले आउदाे आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।महानगरपालिकाकी उपमेयर सुनिता डङ्गाेलले आज नगरसभाको १५ औँ अधिवेशनकाे तेस्राे बैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । सबैभन्दा धेरै पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ विनियोजन भएको छ । यो कुल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

यस्तै काठमाण्डौले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख, सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छुट्याएको छ । आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने बजेटमा उल्लेख छ । याे बजेट चालू आर्थिक वर्षकाे भन्दा केहीले बढी हाे । महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय